सभामुख सापकोटासँग प्रचण्ड-नेपालकाे भेट

 फागुन २३, २०७७ आइतबार १२:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन्।

सिंहदरबारमा रहेको सभामुखको कार्यकक्षमै पुगेर दाहाल-नेपालले सापकोटासँग भेट गरेका हुन्। 

आज अपराह्न चार बजे संसद बैठक बस्दै छ । त्यस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरतमा दाहाल-नेपाल समूह रहेका बेला दुवै अध्यक्ष सभामुखसँग भेट गरेर फर्केका हुन् । 

सभामुखसँगको छलफलमा के कुराकानी भयो भन्ने विवरण प्राप्त भइसकेको छैन । सभामुख अग्नि सापकोटाको भूमिकाप्रति नेकपाको ओली खेमाले आशङ्का व्यक्त गरिरहेको छ । 

शनिवार राति बालुवाटारमा भएको ओली खेमाको बैठकले सभामुखले प्रचण्डलाई दलको नेताका हैसियतमा बोल्न दिए प्रतिकार गर्ने रणनीति तय गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया