‘सर्वाेच्चकाे फैसलासँगै एमाले र माओवादी केन्द्र बिउँतिएर यथास्थानमा गयाे भन्न मिल्दैन’

 फागुन २३, २०७७ आइतबार १६:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वाेच्च अदालतकाे फैसलासँगै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई बिउँताइ यथास्थानमा गयो भन्न नमिल्ने तर्क गर्नुभएकाे छ ।

नेता गुरुङले पार्टी एकीकरण पछि तीन वर्षमा धेरै काम भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवहेव मेटिन नसक्ने उल्लेख गर्नुभयो ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कँदै गर्दा संसद् सचिवालय सिंहदरबारमा सञ्चारकर्मीलाई फैसलाबारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङ्गले 'बेठिक टाइम' मा न्याय दिने काम भएको बताउनुभएको हो । उहाँले अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको 'डेढलक' लाई अझै मद्दत पुग्न सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिरहेकाे बहसकाे सम्बन्धमा केही–केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाइममा दिनुपर्‍थ्याे । बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरू के–कस्तो हुन्छ, हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला । यसले निर्वाचन आयोगको डेढलकलाई अझ मद्दत पुग्न सक्छ । यथास्थितिमा सायद जाँदैन । नामको बारेमा मात्रै गरेको हो । तीन वर्षमा धेरै काम भएको छ ।’  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया