सर्वाेच्चकाे फैसला मान्छौँ, कार्यान्वयन गर्छाैँ : प्रधानमन्त्री ओली

 फागुन २३, २०७७ आइतबार १७:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरमा रहेकाे संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अपराह्न झण्डै चार बजे संसद् भवन प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली झण्डै आधा घण्टा बसेर फर्किनुभएको थियो । अपराह्न चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको अधिवेशन अहिले सुरु भएकाे छ । 

सर्वोच्च अदालतले आइतवार नै नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा पहिलेकै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।  

अन्तिम अपडेट: चैत ११, २०७७

तपाईको प्रतिक्रिया