वसन्त ऋतुमा हिमाल आरोहणका लागि क्यानडाको टिमले पायो पहिलो अनुमति

 फागुन २५, २०७७ मंगलबार १९:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वसन्त ऋतुको आरोहणका लागि अनुमति दिने क्रम सुरु भएको छ । पर्यटन विभागले आउँदो वसन्त ऋतुको आरोहणका लागि मङ्गलवार पहिलो अनुमति दिएको जनाएको छ ।

विभागका अनुसार नुप्से हिमाल आरोहणका लागि क्यानडाको एक समूहले अनुमति लिएको छ । अनुमति लिनेमा चार जना पुरुष रहेका विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमतिबापत विभागले २४ सय अमेरिकी डलर अर्थात् दुई लाख ७९ हजार रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

यसैबीच पर्यटन व्यवसायीहरूले आउँदो वसन्त ऋतुको आरोहणमा उत्साहपूर्ण सहभागिता हुने आशा गरेका छन् । अहिलेसम्म  सम्पर्कमा आएका आरोहीअनुसार आउँदो वसन्त ऋतुमा झण्डै तीन सय ५० विदेशी नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिने देखिएको सेभेन समिट ट्रेक लिमिटेडका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

यद्यपि कोरोना महामारीले थलिएको पर्वतीय पदयात्रामा भने आउँदो सिजन पनि निराशाजनक हुने व्यवसायीहरूले बताएका छन् । यदि सरकारले अनिवार्य क्वरेण्टीनको नियम मात्रै हटाए पनि थप पर्यटक आउने अध्यक्ष शेर्पाले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया