पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

 फागुन २६, २०७७ बुधबार ८:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । तर, फेरि समस्या बढेको भन्दै भेन्टिलेटरमा राखिएको हो । उपचारमा संलग्न डाक्टरहरुले नेता जोशीको अवस्था जोखिमपूर्ण रहेको बताएका दाजु राजुराज जोशीले जानकारी दिनुभयो । डाक्टरको सल्लाहअनुसार नै फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया