अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल पर्यटन बोर्डले चाडपर्वलाई लक्षित गर्दै गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच फोटो चयन गरेको छ । चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मीयहरूसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशिलता सम्मिश्रण गराइ चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट भएका हुन् ।
प्राप्त भएका ६ सय ८७ फोटो मध्येबाट मिथुन कुँवर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ । विजेता फोटोग्राफरहरूले जनही दश हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बोर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीले फोटोग्राफरहरूको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराइ फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई अझ बृहत् बनाएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डले पाँच वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । बोर्डको यो प्रयासले नियमित अभियानको रूप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न ठाउँमा र अनलाइन रूपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल सुरु गरिएको हो । अहिले यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्ग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिस्टर हुन सक्नेछन् ।
उत्कृष्ट फोटो चयन सम्बन्धमा जानकारी https://photonepal.travel/blog/top-five-images-from-festival-of-nepal मा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।