केपी ओली नेतृत्वकाे सरकारलाई टिकाउन प्रयास गरिन्छ : वरिष्ठ नेता खनाल

 फागुन २६, २०७७ बुधबार १५:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको बुधवारकाे बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वाेच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनर्स्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो संसद् भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो । देशको सम्पूर्ण राजनीतिक पार्टीले, राजनीतिज्ञले खेल खेल्ने ठाउँ यही हो । अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईँहरूले बिस्तारी–बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसद्ले एउटा राम्रो निष्कर्षतर्फ अब देशलाई लानुपर्छ । नेकपा (एमाले) सधैँभरि यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । देशकाे अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यी मुद्दालाई कहिल्यै पनि छोड्दैनौँ ।’

एमाले र माओवादी केन्द्रबीचको एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिष्णु

    March 10, 2021, 4:03 p.m.

    अब आया उट पहाड के निछे!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया