अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल पुलिस क्लब काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा काठमाण्डौ मेयर–एघारलाई एक सय तीन रनले हराउँदै पुलिस उपाधिनजिकै पुगेको हो ।
पुलिसले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ–एघार ३१ ओभर दुई बलमा ९४ रन बनाउँदा अलआउट भयो । काठमाण्डौका लागि सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४७ ओभर चार बलमा अलआउट हुँदै एक सय ९७ रन बनायो । पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सबैभन्दा धेरै ४० रन बनाए । काठमाण्डौका लागि सन्दीप लामिछाने, विपिन खत्री र हरिशङ्कर साहले तीन/तीन विकेट लिए ।
पुलिस प्रतियाेगितामा तीन खेल जित्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदै फाइनल पुगेकाे हाे । वाग्मती दुई अङ्कका साथ चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।