अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रममा विशेष वक्ताको रूपमा राख्ने भएको छ । खातुनलाई आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रूपमा प्रस्तुत गर्ने भएको हो ।
बुधवार आयोग कार्यालयमा एसिड पीडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एसिड आक्रमणविरुद्धको अभियानमा मुस्कानको भूमिका महत्त्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताउनुभयो । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसकाे काम भएकाले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताउनुभयो ।
यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताउनुभयो । एसिडविरुद्ध जनचेतना जगाउन काममा सधैँ लाग्ने पनि खातुनले बताउनुभयो ।
केही दिनअघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशील भएर कार्य गरिरहेको भनेर खातुनलाई सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खातुनलाई विशेष सम्मान गरेको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।