दोस्रो चरणको अभियानअन्तर्गत ८ लाख बढी वृद्धवृद्धाले लगाए खोप

 फागुन २७, २०७७ बिहिबार १९:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दोस्रो चरणको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै वृद्धवृद्धाले खोप लगाएका छन् । 

गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । 

खोप अभियानको पहिलो दिन २ लाख ३१ हजार ९ सय ९८, दोस्रो दिन २ लाख ४२ हजार ५ सय ५१, तेस्रो दिन २ लाख १६ हजार ३ सय ५२ र चौथो दिन एक लाख ३७ हजार १६ गरी जम्मा ८ लाख २७ हजार ९ सय १७ खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालमा ९८ वर्षका वृद्धले समेत खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया