अरु देशबाट आएका जङ्गली चराका कारण नेपालमा बर्ड फ्लु फैलिएको आशङ्का

 फागुन २८, २०७७ शुक्रबार ९:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा विदेशबाट आएका जङ्गली चराबाट बर्ड फ्लुको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ ।

अनुगमन टोलीको प्रतिवेदनले नेपालको बाटो हुँदै जाने विदेशी चराहरुका कारण देशका विभिन्न ठाउँका कुखुरामा बर्ड फ्लुको सङ्क्रमण देखा परेको प्रारम्भिक अनुमान गरिएको पशु स्वास्थ्यसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिनुभयो । 

ठूलो सङ्ख्यामा साइबेरियालगायत ठाउँबाट नेपालको बाटो हुँदै एकै समूहमा लाखौँको संख्यामा चराहरु उडेकाले उनीहरुको प्वाँखलगायत अवशेषहरु नेपालको जमिनमा झर्दा विभिन्न ठाउँमा सङ्क्रमण देखिएको हुन सक्ने उहाँको भनाइ छ । 

काठमाण्डौको तारकेश्वर, सुर्खेत र जाजरकोटमा एक ठाउँबाट अर्को ठाउँमा घरपालुवा पक्षीहरु ओसारपसार नभएको र नाकाहरुमा समेत सङ्क्रमण नदेखिएकाले आकाशमा उडेका विदेशी चराहरुबाट नै बर्ड फ्लु भएको उहाँको भनाइ छ ।

अहिले सङ्क्रमण देखिएका देशका विभिन्न ठाउँबाट नमुना सङ्कलन गरेर देशभर रहेका पाँच वटै प्रयोगशालामा नियमित परीक्षणको काम भइरहेकोसमेत उहाँको भनाइ रहेको छ । अहिले बर्ड फ्लु नियन्त्रण नै गर्न नसकिने गरेर नफैलिएको तर जैविक सुरक्षामा भने ध्यान दिन पशु चिकित्सकहरुको सुझाव छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया