पत्रकार सुशील शर्माकाे निधन

 फागुन २८, २०७७ शुक्रबार १९:०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलकाे ओम अस्पतालमा निधन भएको छ ।

उहाँले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराउनुभएको थियो । रोग पूर्णरुपमा निको नभइ समस्या भोगी रहनुभएका उहाँको शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन दिनदेखि यही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । 

राइजिङ नेपाल, काठमाण्डाै पाेस्ट, स्पोर्ट्स लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गर्नुभएका पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याउनुभएकाे थियो ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमानदार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहनुभएका उहाँ मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उहाँका समकक्षी पत्रकार तीर्थ कोइरालाले स्मरण गर्नुहुन्छ ।  

शर्माकाे शुक्रवार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । उहाँकी श्रीमती र एक छोरा हुनुहुन्छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया