सडक निर्माणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छौं- प्रधानमन्त्री ओली

 चैत १, २०७७ आइतबार १२:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सडक अत्यन्तै प्रभावकारी हुने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताउनुभएको हो ।

सडक निर्माणका सन्दर्भमा वर्तमान सरकारले निक्कै महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ । सडकको स्तरोन्नति, विस्तार र निर्माणको क्षेत्रमा अनेक उपलब्धि हासिल गरेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो।

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले तुइन विस्थापित गर्दै  झोलुङ्गे पुल र अरु पक्की पुल निर्माण गरेकाे बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले राति पनि चल्ने सुविधासम्पन्न हवाई मार्ग बनाएको, अन्तर्राष्ट्रिय स्तरको विमानस्थललाई सम्पन्नताको नजिक पुर्याएको बताउनुभयो ।

हुलाकी राजमार्ग निर्माणको काम झण्डै ६५ प्रतिशत काम सकिएको उहाँको भनाइ छ । यस्तै दुर्गम ठाउँमा पक्की बाटो निर्माण गरेको उहाँले बताउनुभयो । पक्की बाटाेको अर्थ बुझाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो 'सडकबाट गाडी नझर्ने खालको, प्राविधिक रुपमा राम्रो, पिलरहरु राखिएका बाटो निर्माण भएको छ ।'

नागरिकको जीवनको रक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले हरेक काममा नागरिकको जीवनलाई केन्द्र भागमा राखेर काम गरेको बताउनुभयो । अहिले पक्की बाटो सुधारका लागि पनि विभिन्न मागहरु आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीकाअनुसार अहिलेसम्म ३ सय ९२ ठाउँबाट निवेदन प्राप्त भएका छन् ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया