अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
सिरहा –सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
कार्यालयको माथिल्लो तलामा भएको विस्फोटमा परेर घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाण्डाै ल्याइएको हो । भण्डारीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।
विस्फोटमा मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका १३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका ६ का लक्ष्मी राना, बेचनी मगर घाइते भएका छन् ।
यस्तै सिरहा नगरपालिका १६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव र धनगढीमाई नगरपालिका ४ का दिनेश भण्डारी गरी आठ जना घाइते भएका सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका मगर र यादवसहित सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर सिरहामा भ्रष्टाचार भइरहेकाले बम विस्फोट गराएको बताएका छन् ।
गोइत समूहका दोस्राे तहका नेता रामविलास यादवले आइतवार बिहानै प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।