हनुमानढोका गरगहना सङ्ग्रहालय खुला, दुई पुस्तक विमोचित

 चैत १, २०७७ आइतबार २०:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको विश्व सम्पदास्थलमध्ये एक हनुमानढोका दरबारभित्र उत्खननका क्रममा भेटिएका प्राचीन गरगहना तथा परम्परागत वस्तुहरूको प्रदर्शनी खुला गरिएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालयको दशौँ वार्षिकोत्सवका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले हनुमानढोकाभित्रको ढुकुटी सङ्ग्रहालयमा प्रदर्शनीको शुभारम्भ गर्नुभएको हो । 

त्यस अवसरमा प्रा. डा. महेश राज पन्तद्वारा लिखित ‘हनुमानढोका दरबार मोहन चोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति’ र डा. जुनु बासुकला रञ्जितकारद्वारा लिखित 'अनुसन्धानात्मक कृतिहरू' को पनि मन्त्री ढकालले विमोचन गर्नुभयो । 

सर्वसाधारणका लागि प्रवेश निषेध रहेको हनुमानढोका दरबारका भित्री प्राचीन वस्तुहरूको प्रदर्शन र त्यहाँभित्र रहेका सम्पदासम्बन्धी पुस्तक प्रकाशनले त्यस क्षेत्रमा अनुसन्धानको नयाँ ढोका खुलेको सम्बन्धितहरूको भनाइ छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया