अपेक्षाअनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने

 चैत २, २०७७ सोमबार ८:४७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाविरुद्धको खोप अपेक्षाअनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ ।

खोप अभियानअन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो ।

भारतसँग खरिद गरेको २० लाख डोज खाेपमध्ये १० लाख डोज आउन बाँकी रहेको तथा कोभ्यासमार्फत् आउने खोप  र चीनबाट अनुदानको खोप पनि अनिश्चित भएकाले दोस्रो डोज लगाउने मिति लम्बिन सक्ने सम्भावना बढेको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउन सकिने बताउँदै आएको छ । तर खोप नआउँदा अन्याेल बढेको छ । सरकारले यही महिनाभित्र भारतबाट बाँकी १०  लाख डोज खोप आउने बताए पनि निश्चित मिति तोकिएको छैन । यस्तै, कोभ्यासक्समार्फतको खोपको थप १९ लाख डोज मे महिनामा भित्रने भनिए पनि मिति तोकिएको छैन ।

अहिले सरकारले ६५ वर्षभन्दा माथिका समूहलाई खोप दिइरहेको छ । तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन सुरु गरिएको छैन । तेस्रो प्राथमिकतामा ४० देखि ५४ वर्ष उमेर समूहका नागरिक र १५ देखि ३९ वर्षसम्मको उमेर समूह पर्नेछन् ।

यसैबीच सरकारले निजी क्षेत्रलाई खोप आयातको लागि खुला गरेको छ । औषधि व्यवस्था विभागले सूचना निकालेर इच्छुक उत्पादक, कम्पनी, आयातकर्ता र बिक्रेतालाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया