चितवनमा चार चक्के मेशिनबाट धान रोपाइँ

 चैत २, २०७७ सोमबार १२:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा आधुनिक मेसिनको प्रयोग गरी चैते धानको राेपाइँ सुरु गरिएको छ । 

केही समय अगाडि भित्रिएको चारपाङ्ग्रे मेसिनले पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका खेतमा धान रोप्न थालिएको हो ।

रत्ननगरको बछौली र खैरहनीको कुमरोजका खेतमा यसपालिदेखि मेसिनबाट  धान रोप्न थालिएको हो । त्यहाँका बछौली र कुमरोज साना किसान र  कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने मेसिन उपलब्ध गराएको थियो । 

यो मेसिनलाई २० लाख ९० हजार रुपैयाँ पर्छ । यसमध्ये १० लाख ४५  हजार किसान आफैँले तिरेका हुन् भने १० लाख ४५ हजार रुपैयाँ अनुदान दिइएको हो । चीनबाट आएको जापानिज प्रविधिको  मेसिनको प्रयोगले थोरै खर्चमा धेरै खेतमा धान रोप्न सकिने परियोजना कार्यान्वयन इकाई चितवनका धान जोन कार्यक्रमका अधिकृत माधव पौडेलले बताउनुभयो । 

उहाँकाअनुसार पहिलो वर्ष यी मेसिनहरुले झण्डै ५० विघा क्षेत्रफलमा धान रोप्नेछन् । चितवनमा ५ हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धान रोपिन्छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया