राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धकाे खोप लगाउने

 चैत २, २०७७ सोमबार १२:३०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ ।

दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो ।

हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ । 

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया