‘खाेप लगाउन आफ्नै उमेर समूह पर्खिएर बसेकी थिएँ, बङ्गलादेश जानुपर्ने भएकाले नलगाइ भएन’

 चैत २, २०७७ सोमबार १९:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । सोमवार महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो । 

खोप लगाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गर्नुभयो । नयाँ भएको हुनाले केही शङ्का हुनु स्वाभाविक भए पनि धेरै चरणको परीक्षणपछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उहाँले सबैलाई आग्रह गर्नुभयो । अग्रपङ्क्तिमा रहेका, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुँदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि भण्डारीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘म चाहिँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्ने नसकिने पर्‍यो । मैले खोप नलगाइकन जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले लगाएँ । म त त्यसै पनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरूले पनि खोप लगाउनुपर्‍यो । म दाजुभाइ, दिदीबहिनीहरूलाई पूर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शङ्का हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।’ 

उहाँले नेपालमा अन्यत्र भन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपङ्क्तिमा खटिने र सामाजिक सङ्घ–संस्थालाई दिनुपर्ने र मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने बताउनुभयो ।  

राष्ट्रपति भण्डारी आउँदो नौ गते बङ्गलादेश जाँदै हुनुहुन्छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया