बामपन्थी बुद्धिजीवी माणिकलाल श्रेष्ठको निधन

 चैत ३, २०७७ मंगलबार ११:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली बामपन्थी इतिहासका प्रखर बुद्धिजीवीका साथै नेपालभाषा साहित्यिक इतिहासका प्रसिद्ध धरोहर समालोचक प्रोफेसर माणिकलाल श्रेष्ठको ८९ वर्षकाे उमेरमा निधन भएको छ। 

केही वर्षयतादेखि बिरामी रहनुभएका उहाँलाई एक महिनाअघि  अशक्त अवस्थामा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ धेरै दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र स्वास्थ्य झन् झन् बिग्रिएपछि काठमाण्डौको गङ्गालाल अस्पतालमा पठाइएको थियो । उहाँकाे गङ्गालाल अस्पतालमा आज बिहान निधन भएको परिवारले जानकारी दिएकाे छ । 

सयौँ अध्येताका मार्गनिर्देशक रहनुभएका उहाँ अन्तर्राष्ट्रिय कानुनका व्याख्याता पनि हुनुहुन्थ्यो।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया