कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने

 चैत ३, २०७७ मंगलबार १२:८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । 

कांग्रेस शिक्षा विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ । 

विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिंह थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिंजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ । 

तोकिएका संयोजकहरुले सातवटै प्रदेशमा व्यापक छलफल गरी सुझाव सङ्कलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया