सत्यसँग लड्दैनौँ तर बेठिक गर्नेहरुसँग झुक्दैनाैँ : प्रधानमन्त्री ओली

 चैत ३, २०७७ मंगलबार १३:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली सत्यसँग नलड्ने तर बेठीक गर्नेहरुसँग नझुक्ने चेतावनी दिनुभएको छ ।

आज सरकारी निवास बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘कहिले जङ्गली राज चलाउन खोज्दैछन् अनि विधि पद्धतिका कुरा गर्दैछन् तर हामी सत्यसँग लड्दैनौँ तर बेठीक गर्नेहरूसँग झुक्दैनौँ ।’

चियापानमा सहभागी नभएका खनाल-नेपाल समूहका नेताहरुतर्फ लक्षित गर्दै उहाँले प्रधानमन्त्री एवं पार्टीका अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनेहरु कसको निमन्त्रणमा सहभागी हुनुहुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आजको चियापान बहिस्कार गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया