कालीमाटी तरकारी बजारमा अब किसानलाई छुट्टै स्टल

 चैत ४, २०७७ बुधबार ८:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – किसानले बजार नपाएको र तरकारी बजारमा बिचौलिया हावी भएको गुनासो बढे पछि  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल राख्ने व्यवस्था गरेको छ ।

फलफूल तथा तरकारी बजार विकास समिति बोर्डको हिजोकोे बैठकले किसानका लागि छुट्टै १२ वटा स्टल राख्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब किसानले आफूले उत्पादन गर्ने तरकारी तथा फलफूल लगेर सिधै स्टलमा राखेर बेच्न पाउने छन् । यसअघि व्यपारीले किसानबाट तरकारी खरिद गरी बिक्री गर्दै आएका थिए ।

एक जना किसानले २० घण्टाका लागि यो स्टल प्रयोग गर्न पाउने छन् । यदि कुनै किसानले आफ्नो तरकारी बेचिसकेर स्टल खाली भए अर्को किसानले पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको समितिका अध्यक्षसमेत रहेका कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो । अब देशका जुनसुकै किसानले यो स्टलमा आएर आफ्नो उत्पादन बेच्न पाउने उहाँले बताउनुभयो ।

टाढा टाढाबाट आउने किसानका लागि भने एउटा  रिजर्भ स्टलको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । स्टल प्रयोग गरेबापत किसानले प्रतिकेजी २० पैसाको दरले दैनिक भाडा तिर्नुपर्ने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा उपभोक्ताले पनि साढे दुई किलोदेखि बढीका तरकारी थोक मूल्यमा नै खरिद गर्न सक्ने छन् । 
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया