अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई पे र फूडमाण्डुबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फूड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आईएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । फूडमाण्डु र आईएमई डिजिटल सोलुशन लिमिटेडबीच भएको सम्झौता पछि अबदेखि आईएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा सुरु गरिएको हो ।
आईएमई डिजिटल सोलुशन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवा सँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको बताउनु भयो ।
यस्तै सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गर्न सकिने आईएमईले जनाएको छ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।