अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै काेराेना भाइरसकाे खाेप ल्याइएकाे पाइएकाे छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।
बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमवार नेपाल आउनुभएको थियो ।
नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।
बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो खोप दिन चाहेको बहराइन दूतावासले नेपाली सञ्चारमाध्यमहरुलाई जनाएका छन् ।
राजकुमार अल खलिफाको भ्रमणको व्यवस्थापान गरिरहेको सेभेन समिट ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईंले मङ्गलवार सञ्चारमाध्यमलाई बताएअनुसार सात दिनको क्वरेण्टीन बसाइपछि राजकुमारको टोली गोरखाको चुमनव्री गाउँपालिका जानेछ ।
त्यही पालिकाको सामागाउँका मानसलाई दुई हजार डोज अस्ट्राजेनेका खोप दिने ती खोप दिने योजना बनाइएको उहाँले बताउनुभयो ।
त्यसपछि राजकुमार र उहाँको टोलीले सगरमाथा चढ्ने योजना रहेको गुरागाईँले जानकारी दिनुभयो ।
औषधि व्यवस्थापन विभागले खोपको आयातको बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
औषधि विभागका प्रवक्ताले भने, ‘हामीलाई खोप कसरी नेपालमा भित्रियो भन्नेबारे आधिकारिक छलफल सुरु गरेका छौँ । ती खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभागलाई थाहा छैन, यो विषय अनुसन्धानको क्रममा छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।