अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले देशभरका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ । बुधवार एक विज्ञप्ति निकालेर आयोगले देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको हो ।
आयोगले गएको माघ १५ गतेदेखि मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै आयोगले मतदानस्थल तथा मतदान केन्द्रको पनि पुनरावलोकन गरेको छ । अब देशभर १० हजार ६ सय ६० मतदान स्थल कायम भएका छन् ।
साथै अयोगले गएको पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काम फेरि सुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।