अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - नेपाल-भारत जोड्ने १३ वटा रुट सञ्चालनका लागि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी ) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल-भारत जाेड्ने १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनका निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उहाँको भनाइ छ ।
त्यसैगरी बैठकले नेपाल-भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका गाडी चलाउन दिने सिफारिस गरेको छ । गएकाे चैत्र ११ गतेदेखि नेपालका कोभिड-१९ सङ्क्रमणका कारण लकडाउन गरिएपछि नेपाल-भारत यातायात अहिलेसम्म ठप्प रहेको छ ।
गाडी ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवतजावत भइरहेको सन्दर्भमा गाडी चलाउनका लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।