२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने यातायात व्यवसायीकाे माग

 चैत ५, २०७७ बिहीबार १६:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक गाडीकाे म्याद थप गरी सञ्चालनको अनुमति दिन माग गरेको छ ।

बिहीवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेर पनि अहिले सञ्चालन भइरहेका सार्वजनिक गाडीलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक जाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासङ्घको माग छ ।

२० वर्ष अवधि पुगेका गाडी विस्थापित गरिए नयाँ गाडीका लागि शतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

महासंघले इन्धनमा भएकाे मूल्यवृद्धिको आधारमा चैतको तेस्रो हप्ताभित्र भाडा समायोजन गर्नका लागि पनि ज्ञापन पत्र बुझाएको छ । चैतको तेस्रो हप्ताभित्र भाडा समायोजन नगरिए गाडी नचलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्री नेम्वाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया