तोकेभन्दा बढी शुल्क लिएर कोरोना परीक्षण गर्ने दुई अस्पताल कारबाहीमा

 चैत ६, २०७७ शुक्रबार १०:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा धेरै शुल्क असुलेका दुई अस्पताल कारबाहीमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालय चितवनले पुरानो मेडिकल कलेज भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा पीसीआर शुल्क धेरै असुलेको भन्दै मुद्दा दायर गर्दै कारबाही गरेको हो । 

शिक्षण अस्पताललाई १८ लाख र स्टार अस्पताललाई पाँच लाख रुपैयाँ धरौटी मागसहित मुद्दा दायर गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ र स्टार अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । शिक्षण अस्पतालले संकलन गरिएको नमुना स्टार अस्पताल पठाउने गरेको थियो । 

सरकारले पीसीआर शुल्क दुई हजार  रुपैयाँ तोकेकामा अस्पतालले तीन हजार रुपैयाँ शुल्क लिएपछि प्रशासनले कारबाही गरेको हो । यसअघि बढी रकम लिएको भन्दै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज पनि कारबाहीमा परेका थिए ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया