अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा केही समय बिजुली नआउने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारण बत्ती जाने जानकारी गराएकाे छ ।
बानेश्वर वितरण केन्द्र अन्तर्गतकाे कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने प्राधिकरणले जनाएकाे छ ।
यी ठाउँमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको प्राधिकरणले जनाएको छ।
यस्तै, बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा पनि लाइन मर्मत गर्न बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ ।
प्राधिकरणका अनुसार आज देशका अरु विभिन्न ठाउँमा पनि लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।