आज देशभरको मौसम बद्ली हुने : पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

 चैत ७, २०७७ शनिबार ७:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाण्डौ उपत्यकासहित देशभरिको मौसम बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

अहिले प्रदेश नम्बर १ बाहेक अरु ठाउँमा बादल लागेको छ । प्रदेश १ मा पनि दिउँसोपख बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

आज राति प्रदेश नम्बर १ को पहाडी भागमा आंशिकदेखि सामान्य बद्ली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ । 
 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया