नेपालको बाली प्रणालीमा पोटासयुक्त खनिजको कमी : अध्ययन

 चैत ७, २०७७ शनिबार ८:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको बाली प्रणालीमा पोटासयुक्त खनिजको कमी रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय माटो अनुसन्धान केन्द्र नार्कका वैज्ञानिकले गरेको अनुसन्धानले धानगहुँ खेती प्रणालीमा पोटासियमयुक्त मलको कमी रहेको पाइएको र थप्नुपर्ने सुझाव दिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई र भित्रि-मधेशमा धानगहुँ बाली प्रणालीमा गरेको अनुसन्धानमा पनि पोटासको कमी देखिएको थियो ।

वैज्ञानिकहरु रोशनबाबु ओझा, शोभा श्रेष्ठ, यज्ञगझाधर खड्का र दिनेश पाण्डेले गरेको अध्ययनमा धानगहुँमा डेढदेखि दुई गुणाले पोटासको प्रयोग बढाउन सुझाव दिइएको छ ।

नेपालमा २०३२/३३ सालमा प्रतिहेक्टर ३० किलोका दरले पोटास प्रयोग गर्न सिफारिस गरिएको थियो । तर चार दशक अघि पोटासको मात्रा सिफारिस गर्दा त्यसबेला माटोमा पर्याप्त पोटास उपलब्ध रहेको तर अहिले माटोमा पोटास घटेको उनीहरुको दाबी छ ।

पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बाली-नालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको अध्ययनमा संलग्न वैज्ञानिक रोशनबाबु ओझाले बताउनुभयो ।

सरकारी तहबाट पोटास मलको सिफारिसलाई कम महत्त्व दिनु, मल वितरणमा नाइट्रोजनजन्य मललाई मात्र प्राथमिकता दिनु र किसानले गाईभैँसीको गोबरमलबाहेक पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बालीनालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको विज्ञहरुको भनाइ छ ।

बालीबिरुवाको वृद्धि-विकासका लागि नाइट्रोजन, फस्फोरस, पोटाससँगै अरु १४ वटा तत्वहरुको आवश्यकता पर्छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया