रासायनिक मलको प्रयोग घटाउन प्राङ्गारिक खेतीमा जोड दिँदै सरकार

 चैत ८, २०७७ आइतबार १०:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले प्राङ्गारिक खेतीलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

प्राङ्गारिक  मल उत्पादन तथा प्राङ्गारिक मल प्रवर्द्धन कार्यक्रमलाई जोड दिँदै भकारो सुधारलगायतका कार्यक्रमलाई व्यवस्थित गर्न छुट्टै संयन्त्र बनाउन लागिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । आउँदो आर्थिक वर्षदेखि प्राङ्गारिक खेतीलाई जोड दिँदै कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

नेपालमा प्राङ्गारिक खेतीको सम्भावना भएकाले रासायनिक मलको प्रयोगलाई घटाउँदै जैविक खेतीतर्फ किसानको आकर्षण बढाउन लागिएको मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले बताउनुभयो । धान, गहुँ, मकैलगायत केही बालीलाई रासायनिक मलको आवश्यकता परे पनि तरकारी, फलफूल, चिया तथा कफी लगायतबालीमा प्राङ्गारिक मलको नै  प्रयोग गरेर उत्पादन बढाउन सकिन्छ ।

प्राङ्गारिक खेती बढाउन नेपालमा भइरहेका प्राङ्गारिक मलको कारखानाको गुणस्तर र सेवा विस्तार गरिने उहाँले बताउनुभयो। कृषिसचिव कार्कीका विशेषगरी चिया कफीको धेरै  खेती हुने क्षेत्रमा प्राङ्गारिक कारखाना सञ्चालन गर्ने तयारी भएको छ ।

रासायनिक मलको बढ्दो प्रयोगले माटोमा हुनै पर्ने प्राङ्गारिक पदार्थको तहसमेत घट्न थालेको छ भने बालीनालीको उत्पादकत्वमा समेत ह्रास आइरहेको छ । प्राङ्गारिक मलको प्रयोग बढे रासायनिक मलको प्रयोग पनि घट्ने र हरेक वर्ष हुने मल अभावको समस्या पनि समाधान हुने सरकारको विश्वास छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया