नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : नेता सिंह

 चैत ८, २०७७ आइतबार १४:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

आइतबार चाक्सीबारीमा रहेकाे आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य–मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन सकेकाे छैन । जनता समाजवादी पार्टीले पनि अनैतिक सरकारको राजीनामा गराउनका लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर सङ्ख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दाखेरी न्यूनतम रूपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्याण्डेट पूरा गर्न सकेको छैन । अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।’

नेता सिंहले कम्युनिस्ट पार्टीले नागरिकले पाँच वर्षका लगि दिएको म्याण्डेट पूरा गर्न नसकेको बताउनुभयो । देशलाई अस्थिरताबाट बचाउन सबै दलले निकास दिनुपर्ने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया