सरकारले दिएको १० लाख रुपैयाँ सहयोग नवीन्द्रराज जोशीको परिवारले नलिने

 चैत ८, २०७७ आइतबार १४:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ । सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले जानकारी दिनुभयो । 

सरकारले गएको बिहीवार जोशीको उपचारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । तर जोशीको परिवारले सहयोग रकम विपन्न वर्गको स्वास्थ्य उपचारमा खर्च गर्न आग्रह गरेको छ । विपन्न वर्गले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना रहेको पनि पाण्डेले जानकारी दिनुभयो । 

जोशीले पिता गजेन्द्रराज जोशीको नाममा वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । गएकाे फागुन १४ गते मष्तिस्कघात भइ थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

जोशीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाले बताउनुभएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया