अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार एक सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार नौ सय ६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ६ जना कोरोनामुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २१ पुगेको छ । आइतवार थपिएकामध्ये ४१ जना काठमाण्डाै उपत्यकाका रहेका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ६९ रहेको छ ।
गएकाे २४ घण्टामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्य छ । काेराेना सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म तीन हजार १६ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।