‘राष्ट्र, राष्ट्रियताकाे विषयमा दह्राे भएर उभिन सक्ने नेतृत्व चाहिएकाे छ’

 चैत ८, २०७७ आइतबार १७:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति सङ्घर्ष गरिरहेकाे बताउनुभएको छ । आइतबार अखिल नेपाल किसान महासङ्घ राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले देशमा शान्ति र स्थिरता स्थापनाका लागि सही नेतृत्वको आवश्यकताका सङ्घर्ष गरिरहेकाे बताउनुभएको हो । 

आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रूपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रित भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि सङ्घर्ष गर्‍याैँ भने आज शान्ति र स्थिरताका लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी सङ्घर्ष गरिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक सङ्घर्ष अहिले चलिरहेको छ । तर यो सङ्घर्ष नगर्नुपर्ने हो यतिबेला । तर पनि हिजोको सङ्घर्षकाे क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरू अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्त्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ, त्यसका लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरूको गुलाम, अरूको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’

मन्त्री रायमाझीले नेपालको कृषिलाई सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कृषिलाई व्यक्तिवादी र निर्वाहमुखी चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकीकरण र व्यवसायीकरणमा लैजानुपर्ने उहाँको भनाइ छ ।    

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया