राष्ट्रपतिको बङ्गलादेश भ्रमण : नेपाल एअरलाइन्सको न्यारोबडी चार्टड, ‘निगमका लागि गौरवको विषय’

 चैत ८, २०७७ आइतबार १९:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बङ्गलादेश भ्रमणको लागि परराष्ट्र मन्त्रालयले नेपाल एअरलाइन्सको न्यारोबडी जहाज चार्टड गरेको छ ।

सोमवार विहान नेपाल एअरलाइन्सको न्यारोबडी ए–३२० जहाज राष्ट्रपतिलाई लिएर बङ्गलादेशको राजधानी ढाकाको लागि उड्ने छ । राष्ट्रपतिलाई ढाका पुर्‍याएर जहाज दिउँसो नेपाल फर्कनेछ र पर्सी मङ्गलबार राष्ट्रपतिलाई लिन फेरि बङ्गलादेश जानेछ । 

जहाज चार्टड र खर्चको सबै बन्दोबस्त परराष्ट्र मन्त्रालयले नै गरेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । महाप्रबन्धक पाैडेलले राष्ट्रपतिले नेपाल एअरलाइन्सको प्रयोग गरेर वैदेशिक भ्रमणमा जानु निगमका लागि गौरवको कुरा भएको पनि बताउनुभयो । 

‘सम्माननीय राष्ट्रपतिको भ्रमणका लागि निगमको जहाज चार्टड हुनु गौरव र खुसीको कुरा हो, निगमले राष्ट्रपतिदेखि सर्वसाधारणसम्मलाई गतिलो सेवा दिन सक्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको छ’, महाप्रबन्धक पौडेलले भन्नुभयो । 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया