अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – आज विश्व जल दिवस हाे । मार्च २२ काे दिनलाई विश्व जल दिवसकाे रुपमा मनाइँदै आएकाे छ । 'पानीलाई महत्व दिउँ' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि याे दिवस मनाइँदैछ ।
पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।
विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ ।
बढ्दो शहरीकरणका कारण केन्द्रीय राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।