अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण काठमाण्डौमा अहिले गाडीको आवागमन प्रभावित भएकाे छ ।
शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मका विभिन्न रुटमा गाडी डाइभर्सन गरिएको छ । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ ।
ट्राफिक प्रहरीकाअनुसार शीतल निवास, महाराजगञ्ज, लैनचौर, सिनामंगल, रातोपुल, गौशाला लगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको छ । उहाँको राजकीय भ्रमण भएकाले सवारी पर्ने रुटमा कुनै पनि गाडीलाई अहिले चल्न नदिइएको ट्राफिक प्रहरीले जनाएको छ । राष्ट्रपति भण्डारी सवार हुने सडकमा बाक्लो सङख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि केहिबेरमा बङ्गलादेश जाँदै हुनुहुन्छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जान लाग्नुभएको हो । उहाँलाई ढाकामा बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नुहुनेछ । राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ । आजै राष्ट्रपति भण्डारी र समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।