खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते

 चैत ९, २०७७ सोमबार १०:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको एउटा खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा ६ जना  घाइते भएका छन्  ।

हिजो बेलुका सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा रहेको भीमेश्वर खाजा पसलमा ग्यास सिलिण्डर पड्किदा पसलका सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भइ सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, काठमाण्डौ कोटेश्वर बस्ने राजेन्द्र कार्की र गीता कार्की, झापा घर भई भक्तपुरको सल्लाघारी बस्ने आदित्य सुवेदी, भक्तपुर सूर्यविनायक– ५ कटुन्जे बस्ने विकास पौडेल र हिमुंस थापा घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको अवस्था खतरामुक्त छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया