गोक्यो ताल छेउमा गाएको गीतले बनायो विश्व कीर्तिमान

 चैत ९, २०७७ सोमबार १६:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत ‘गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । चार हजार आठ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको रूपमा सूचीकृत गरेको हो । ​

गोक्यी रि गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन व्यवसायीसमेत रहेका निर्माता लक्ष्मण कार्की, पर्यटन व्यवसायी सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान राख्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायी तथा सिनेमाटोग्राफर राजन खरेल र बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् । 

कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई फेरि स्थापित गराउन गोक्यो रि बोलको गीतको रेकर्ड र म्युजिक भिडियो बनाएको पर्यटन व्यवसायी लक्ष्मण कार्कीले बताउनुभयो । बबिना राईको आवाजमा रहेको गीत मिल किरातीले लेख्नुभएको हो । म्युजिक भिडियोको निर्देशन दुर्लभ जन्तरे (बुद्धिराज राई) ले गर्नुभएको छ ।   

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया