‘आवश्यक परे वैकल्पिक सरकार दिन्छाैँ भनेकै छाैँ तर परिस्थिति परिपक्व भएकाे छैन’

 चैत ९, २०७७ सोमबार १९:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा सोमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उहाँले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘आवश्यकता पर्‍यो भने वैकल्पिक सरकार दिन्छौँ भनेकै छाैँ तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’ 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमी कमजोरी लगायतबारे जानकारी गराएको थियो । क्रियाशील सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताउनुभयो ।  

सोमवारसम्म तीन लाख ९२ हजार सात सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ एक लाख ८० हजार दुई सय ७५ जना र नवीकरण भएकोमा दुई लाख १२ हजार पाँच सय १९ जना रहेको उहाँले जानकारी दिनुभयो । 

लेखकका अनुसार देशभर १० लाख क्रियाशील सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा नवीकरण र नयाँ वितरणका लागि भोलि (मङ्गलवार) सम्मको समय दिएको थियो । 

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया