अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस मनाइँदै छ ।
मौसम दिवस सन् १९६१ मार्च २३ तारिखदेखि मनाउन थालिएको हो । दिवसको अवसरमा जलवायु परिवर्तनका कारण मौसममा पर्ने असरबारे जानकारी गराउन कार्यक्रम हुँदैछन् ।
जल तथा मौसम विज्ञान विभागले समुद्र, जलवायु र मौसमको अन्तरसम्बन्धबारे कार्यक्रममा जानकारी प्रस्तुत गर्ने जनाएको छ ।
जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर पर्न थालेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो । पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा नेपालको जलवायु र मौसममा पानी पर्ने, चिसो बढ्ने र गर्मी हुने क्रममा धेरै परिवर्तन आएको छ । यसैबीच, मौसमविद्ले् अहिले प्रि-मनसुनको समय भएकाले यो सिजनमा हुन सक्ने प्राकृतिक विपदबाट जोगिन व्यक्ति आफैँलाई सचेत हुन सुझाव दिएका छन् ।
प्रि-मनसुनमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहितको वर्षा हुने गर्दछ । चट्याङ्ग लागेर ज्यान जाने खतरा धेरै भएकाले चट्याङ पर्ने दिउँसोपछिको समयमा सकेसम्म खेतबारीमा काम नगर्न उनीहरुको सुझाव छ ।
आज पनि पहाडी केही क्षेत्रमा दिउँसोपछि चट्याङ्ग पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।