अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।
पटक–पटक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल भए पनि अहिलेसम्म निष्कर्षमा पुगेको छैन । नयाँ सत्ता गठबन्धनबारे स्पष्ट आधार तयार नभएको भन्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।
सरकार गठनका लागि नयाँ गठबन्धन पनि बनाउन नसक्ने, सरकारमाथि आरोप थोपर्ने अनि सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको भन्दै माओवादी केन्द्र आलोचित बन्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।