अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – कोभिड–१९ का कारण गएकाे वर्ष चीनबाट फर्केका एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नशिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत एक सय ५२ जना विद्यार्थीले आफ्नो इन्टर्नशिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिएपछि इन्टर्नशिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि धर्ना दिएका हुन् । विद्यार्थीहरूले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरू समस्यामा परेको बताएका छन् ।
सन् २०१४ को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको गएकाे वर्ष इन्टर्नशिप रहेको र तीन महिनादेखि दश महिनासम्म इन्टर्नशिप गर्न बाँकी रहेको विद्यार्थीहरूले बताएका छन् । पढाइ पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नशिप पूरा गर्न नपाउँदा अनिश्चित भएर धर्ना बस्नुपरेको उनीहरूकाे भनाइ छ ।
नेपाल मेडिकल काउन्सिलका सदस्य डाक्टर शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरूसँग कुराकानी गर्दै सन् २०१४ को ब्याचका विद्यार्थीहरूको जस्तै सन् २०१५ का विद्यार्थीहरूको समेत समस्या हुने देखिएकाले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताउनुभयो । तर कानुनअनुसार सहजीकरण गर्नका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको डा. पौडेलकाे भनाइ छ ।
कतिपय विद्यार्थीले काउन्सिलले लिने परीक्षासमेत पास गरिसकेकाे तर इन्टर्नशिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको बताएका छन् । बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालयअन्तर्गतका मेडिकलहरूमा इन्टर्नशिप पूरा गर्न पाउने इन्टर्नशिप गाइडलाइनमा व्यवस्था भएअनुसार आफूहरूको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरूको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।