गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने, मेघ गर्जन र चट्याङको सम्भवाना

 चैत ११, २०७७ बुधबार ९:३५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

यी क्षेत्रमा आवस्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको र बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको छ ।

यस्तै आज राति पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने महाशाखाले जनाएको छ । देशको पहाडी क्षेत्रको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविदले बताएका छन् ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया