मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुकाे क्षमता अभिवृद्धि गर्न राष्ट्रिय भेला

 चैत ११, २०७७ बुधबार १२:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यसाथ राष्ट्रिय भेला सुरु गरिएको छ ।​

मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाण्डाैमा मंगलबारदेखि ३ दिने भेलाको आयोजना गरिएको हो । भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरुको सहभागिता रहेको छ । भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास सम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो ।

भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् । उपचार तथा स्वास्थ्य सामाग्रीको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफूले सिकेको सीप तालिम बारे आफ्नो प्रदेशमा गएर तालिम सञ्चालन गर्ने बताइएको छ ।  
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया