सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

 चैत ११, २०७७ बुधबार १३:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिप्रदी ट्रेडिङ्ग प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाण्डाैमा हुने र तालिम अवधिभर तालिम भत्ता पिन दिइने सिप्रदीले जनाएकाे छ । यस्तै तालिममा उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसर प्रदान गर्ने जनाएकाे छ ।

१० जना अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा तह एक उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनिले आग्रह गरेको छ । १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । दरखास्त चैत १८ गतेसम्म सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमा बुझाइसक्नुपर्ने सिप्रदीले जनाएको छ ।

काठमाण्डाै उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौंडा, वीरगञ्ज तथा त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने पनि सिप्रदीले जनाएकाे छ । 

विस्तृत जानकारीको लागि  ०१ – ४३११५०१ मा सम्पर्क गरेर बुझ्न सकिन्छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया