अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । चक्रपथ विस्तारका कारण अहिले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सार्ने तयारी भएको हो ।
थापाथली हाइटमा सञ्जय अग्रवालको घरमा कार्यालय सर्ने लगभग पक्का–पक्की भएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले उज्यालोलाई जानकारी दिनुभयो । यो घर उद्योग पूर्वराज्यमन्त्री मोतीलाल दुगडले खोज्नुभएको र एक/दुई दिनमै सम्झौता हुने रिजालको भनाइ छ ।
पुरानो शैलीमा निर्मित घरको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षणसमेत गर्नुभएको छ । बुधवार थापाथलीमै भएको अर्को कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीले सर्न लागेको नयाँ भवनको निरीक्षण गर्नुभएको हो ।
‘पुरानो शैलीको घर प्रधानमन्त्री ओलीलाई मन परेको छ, छिटै हामी थापाथलीमा सर्छाैँ’, एक नेताले भने ।
विसं २०७२ को भूकम्पले बल्खुकाे मदननगरमा रहेकाे पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीकाे पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिइ पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक दुई लाख २५ हजार रुपैयाँ तिरिँदै आएको थियो ।
नेकपा एमालेले मदननगर बल्खुमा नयाँ भवनको छिटै शिलान्यास गर्ने र नयाँ भवनको काम पूरा नहुञ्जेल थापाथलीमा नै कार्यालय रहने सम्भावना रहेको पनि सचिव रिजालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।